आईपीएलमा विराट कोहलीको ७००० रन अनि ५० वटा अर्द्धशतक

IMG-20230507-WA0136.jpg

७ मईः रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) टीमका पूर्व कप्तान तथा निर्भरयोग्य ब्याटर विराट कोहलीले शनिवार अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्स विरुद्ध खेलिएको म्याचमा इतिहास रचे। उनले म्याचमा ४६ बलमा ५५ रन बनाए। यस ईनिंग्सको अवधि उनले दुईवटा खास रेकर्ड बनाए। कोहली आईपीएलको इतिहासमा ७००० रन बनाउने पहिलो ब्याटर बनेका छन्। चौंतीस वर्षीय कोहलीले आफ्नो २३३औं आईपीएल म्याचमा आरसीबी-को ईनिंग्सको चौथो ओभरमा अक्षर पटेलको बलमा कट् शट् खेलेर ७००० रन पूरा गरे। म्याच अघि यस उपलब्धिसम्म पुग्न कोहलीलाई केवल १२ रनको आवश्यकता थियो। आईपीएलमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा कोहलीपछि पञ्जाब किंग्सका कप्तान शिखर धवन रहेका छन्। धवनले ६५३६ रन बनाएका छन्। त्यसपछि दिल्ली क्यापिटल्सका कप्तान डेविड वार्नर (६१८९), मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा (६०६३) र चेन्नई सुपर किंग्सका पूर्व क्रिकेटर सुरेश रैना (५५२८) रहेका छन्। यसको साथमा कोहलीले आफ्नो आईपीएल करियरमा ५० वटा अर्द्धशतक पनि पूरा गरे। साल २००८-मा आईपीएल शुरु भएपछि अहिलेसम्म आरसीबी-बाट खेल्ने कोहलीको नाममा आईपीएलमा ५ वटा शतक पनि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement