प्रीमियर लीगः च्याम्पियन बन्ने नजिक पुग्यो सिटी

IMG-20230507-WA0132.jpg

७ मईः ईंग्लिश प्रीमियर लीग फूटबलको जारी सीजनमा म्यानचेष्टर सिटी च्याम्पियन बन्ने नजिक पुग्यो। यसको साथमा शनिवार राति लिभरपूल, टोटनह्याम र चेल्सीले पनि आ-आफ्नो म्याच जित्यो। विध्वंशी फर्ममा रहने म्यानचेष्टर सिटीले लीड्स युनाइटेडलाई २-१-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड ऐतिहाद स्टेडियममा ८१ प्रतिशत पोजेशनको साथ खेल्ने सिटीबाट दुवै गोल अनुभवी इल्के गुण्डोगनले छिराए। उनले म्याचको १९औं र २७औं मिनटमा गोल गरे। म्याचमा दुई गोल गर्ने गुण्डोगनले ह्याट्रिक दर्ता गर्ने मौका पनि पाएका थिए तर उनले ८४औं मिनटमा पेनल्टी गुमाए। लीड्स युनाइटेडबाट रोड्रिगो मोरेनोले ८५औं मिनटमा गोल गरे। ऐतिहाद स्टेडियममा सिटीको यो लगातार १४औं जीत हो अनि यस जीतको साथै सिटी फेरि एकपल्ट प्रीमियर लीग टेबलको शीर्ष स्थानमा पुग्यो। सिटीसँग अहिले ३४ वटा म्याचमा ८२ पोइण्ट रहेको छ। दोस्रो स्थानमा रहने आर्सनलसँग अहिले सिटीभन्दा ४ पोइण्ट कम्ती रहेको छ।
यसरी चेल्सीले लगातार हारको क्रमलाई तोड़्दै बोर्नमाउथ विरुद्ध ३-१-ले जीत हासिल गऱ्यो। फ्रांक लाम्पर्ड प्रशिक्षक पदमा फर्किएपछि चेल्सीको यो पहिलो जीत हो। यस अवे म्याचमा ६६ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट कोनर गाल्लाघेरले नवौं, बेनोइट बाडियाशिलेले ८२औं र जोआओ फेलिक्सले ८६औं मिनटमा गोल गरे। बोर्नमाउथबाट मातिअस भिनाले २१औं मिनटमा गोल गरे। चेल्सी अहिले ३४ वटा म्याचमा ४२ पोइण्टको साथ ११औं स्थानमा रहेको छ।

लिभरपूलले चाहिँ ब्रेण्टफोर्ड विरुद्ध १-०-ले जीत हासिल गर्न निक्कै मेहनत गर्नु पऱ्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट मोहामेद सलाहले १३औं मिनटमा गोल गरे। यस जीतपछि लिभरपूल ३५ वटा म्याचमा ६२ पोइण्टको साथ पाँचौं स्थानमा रहन पुग्यो। यसरी नवौं स्थानमा रहने ब्रेण्टफोर्डसँग ५० पोइण्ट रहेको छ। लिभरपूलले जस्तै टोटनह्यामले पनि क्रिस्टल प्यालेसलाई जसोतसो १-०-ले पराजित गऱ्यो। होन ग्राउण्डमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्यामबाट म्याचको एकमात्र गोल ह्यारी केनले मध्यान्तर अघि स्टपेज टाइमको पहिलो मिनटमा दर्ता गरे। यस जीतपछि छैटौं स्थानमा रहने टोटनह्यामसँग ३५ वटा म्याचमा ५७ पोइण्ट रहेको छ। यसरी क्रिस्टल प्यालेस ४० पोइण्ट लिएर १२औं स्थानमा रहेको छ। प्रीमियर लीगको अन्य एउटा म्याचमा वूल्भ्सले एस्टन भिल्लालाई १-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement