रम्बुक सिडर्स चिया बगान बन्द हुनुमा मालिक र सरकार दुवै जिम्मेवार: बविन सुब्बा

Screenshot_20230507_012639_WhatsApp.jpg

दार्जीलिङ: रम्बुक सिडर्स चिया बगान बन्द हुनुमा मालिक र सरकार दुवै जिम्मेवार छन यो मनतब्य हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय सहसचिव बविन सुब्बाले पोखेको हो। गत दिन अधिदेखि रम्बुक सिडर्स चिया बगान बन्द घोषणा गरेको छ। बगान बन्द भएको कारणले गर्दा बगानमा कार्यरत श्रमिकहरूले हुनसम्मको समस्याहरू भोग्न परी रहेको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ को केन्द्रीय सहसचिव बविन सुब्बाले बताए अनुसार रम्बुक सिडर्स चिया बगानलाई मालिक पक्षले बन्दको घोषणा गरेपछि खैला बैला मच्चिएको छ। बन्द रम्बुक सिडर्स चिया बगान खोलिनु पर्छ भन्ने मांग गर्दै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले श्रम विभागीय अधिकारीहरूदेखि लिएर सम्बंधित विभागीय अधिकारीहरू समक्ष पत्रचार गर्ने कार्यहरू गरी सकेको छ अनि अझ पनि पत्रचार गर्ने कार्यलाई यथवत राखेको छ।जसको फलस्वरूप गत २८ अप्रैलको दिन अतिरिक्त श्रम आयुक्तले सिलगढीको श्रमिक भवनमा बैठक बोलाएका थिए। आयोजित बैठकमा मालिक पक्षले आफ्नो कतिपय समस्याहरू देखाउँदै बैठक अंश ग्रहण गरेनन तर श्रमिक संगठनहरूको पक्षबाट बगान बन्द हुनुको कारण आदि जस्ता विषयहरू स्पष्ट रूपमा बताएका थियौ अनि अतिरिक्त श्रम आयुक्तले सप्ताह दिनभित्रमा बैठक बोलाउँने वचन दिएका थिए तर आज सप्ताह दिन नाघी सक्दा पनि बैठक बोलाउने काम भएको छैन सुब्बाले भने।तिनले अधि भने रम्बुक सिडर्स चिया बगान मालिक पक्ष जतिको दाही छ त्यति नै सरकार पनि दाही रहेको सुब्बाले बताए। रम्बुक सिडर्स चिया बगानमा श्री श्री नारायणी भन्ने कम्पनी भित्राउने काम भएको थियो अनि उक्त कम्पनी पहाडको क्षेत्रिया ब्यवस्था संचालन गर्ने सरकार अनि राज्य संचालन गर्ने सरकार यी दुवैको हात रहेको थियो अनि त्यसमा गवाहीको रूपमा श्रम विभाग पनि उपस्थित रहेका थिए सहसचिव सुब्बाले बताए।तिनले अधि भने जसले चिया बगान चलाउँन नसक्ने,श्रमिकहरूको विचारहरूलाई आत्मा सम्मान गर्न नसक्ने मालिकलाई यहाँ कसले ल्यायो भन्ने विषय सवैलाई थाहाँ भएकै विषय हो अनि बगान हुनुको असली विषय पनि श्रमिकहरूलाई थाहाँ छ तर यहाँ एक पक्षले बगान हामी चलाउँछौ भन्ने दावी गर्दैछ भने अर्को पक्षले हामी अर्कै प्रकारले बगान चलाउँन पर्छ भन्दैछ यस्तै अडकलबाजीहरू वीच बगानमा अन्योलता छाएको सुब्बाले बताए। बन्द रम्बुक सिडर्स चियाबगान शीध्र खोलिनु पर्छ एंव संचालन गरिनु पर्छ भन्ने मांग गर्दै सम्बंधित विभागीय अधिकारी साथै श्रम विभाग समक्ष आहवान गर्दै आई रहेका छौ भने हिज मात्र हामीले अतिरिक्त श्रम आयुक्तलाई पत्रचार गरेका छौ सुब्बाले भने। २८ अप्रैलको बैठकमा अतिरिक्त श्रम आयुक्तले एक सप्ताहभित्र बैठक डाकेर बन्द रम्बुक सिडर्स चिया बगानको समस्याहरूलाई समाधान गरिने वचन दिएका थिए तर सप्ताह दिन नाघी सक्दा पनि आजसम्म बैठक डाक्ने काम भएको छैन अब सरकारले स्पष्ट गर्नु पर्छ तिमीहरूको चिया बगान तिमीहरू आफैले चलाउँ भनेर अनुमति दिनु परयो सुब्बाले भने। हामी श्रमिकहरूको जीउने मूल आधार भनेको नै चिया बगान हो तर चिया बगान नै बन्द भएपछि हाम्रो आर्थिक अवस्था डम्माडोल भएर गएको छ, नानीहरूको पढाई विग्रेर जान्दैछ यस्तो अवस्थामा आई सक्दा पनि सरकार किन चूप लागेर बस्दैछ,राजनैतिक दलहरूले आफ्नो राजनैतिक फइदा मात्र किन हेर्दैछ? तपाईहरूले चिया बगानहरूलाई राजनैतिक गर्ने मंच मात्र किन बनाउनु हुदैछ??सुब्बाले प्रश्न तेर्साए। चिया बगान राम्रोसंगले संचालन हुन पर्छ भनेर हामीले बारम्बार भन्दै आई रहेका छौ। सरकारले चिया बगान श्रमिकहरू को अवस्था बारे कुनै प्रकारको पहल गर्दैन भने हामी हाम्रो भविष्य बारे सोच्न बाध्य हुने छौ बविन सुब्बाले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement