जातिलाई आपत पर्दा सहयोगको हात बडाउने एडवाडर्स हाम्रो राष्ट्रीय अध्यक्ष हुन!

IMG-20230506-WA0230.jpg

विजुली बती काटदैमा हाम्रो पार्टीप्रतिको सोच र सम्मानलाई तिमीले काटन सक्दैनौ: सुमन बम्जन

दार्जीलिङ: विजुली काटदा हाम्रो पार्टीप्रतिको सोच र सम्मानलाई तिमीले काटन कदापी सक्दैनौ यो मनतब्य हाम्रो पार्टीको खरसाङ महकुमा संयोजक सुमन बम्जनले पोखेको हो।गाडी धूराको सर्वजनिक भवनमा आज हाम्रो पार्टीको सांगठनिक सभा सम्पन्न भयो। आयोजित सांगठनिक सभाको क्रममा सर्वजनिक हलको विजुली बती काटिएको थियो।विजुली बती कसले काटे स्पष्ट नभएता पनि यस्तो कार्य हाम्रो पार्टी को सांगठनिक सभालाई बाधा पूराउनु नै यस्तो कार्य गरेको हुन सक्ने अनुमान लगाएका छन।आयोजित सभा लाई सम्बोधन गर्दै सुमन बम्जनले अधि भने विजुली बती कसले काटयो त्यो हामीलाई थाहाँ छैन तर जसले काटे निश्चय पनि हाम्रो पार्टीको कार्यक्रमलाई बाधा पूराउने हिसाबले काटेको हुन सक्छ तर विजुली बती काटदैमा जनताको हाम्रो पार्टीप्रति सोचलाई कसैले काटन सक्दैन तिनले भने। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भारतको डेढ करोड गोर्खाहरूलाई मात्र होइन तर कोरोना संक्रमणकालमा विदेशमा रहेका गोर्खाहरूलाई पनि आफ्नो गोजीको पैसा उनीहरूको बैक एकाउण्डमा हाल्ने काम गरेको थियो।जातिलाई आपत पर्दा सहयोगको हात बडाउने नेतालाई राष्ट्रीय अध्यक्षको उपनाम सठीक रहेको तिनले बताए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स एक निर्डर नेता हुन,जाति लाई जब जब आपत पर्छ, तब तब उनी सिंह जस्तो भएर निस्केको हुन्छ। अजय एडवाडर्स सत्तामा नहुदा पनि विपक्षीहरूलाई धेरै साह्रो परी रहेको छ त्यसकारण हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई कसरी रोक्नु, कसरी बाधा दिनु भन्ने विषयमा सत्ता पक्षको नेतृत्वहरू सोची रहेका हुन्छ बम्जनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement