कुचबिहार: बाख्रा बचाउने क्रममा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भए। यस दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। घटना शनिबार दिउँसो बेंगदाई क्षेत्रको माथाभांगा मैनागुरी राज्य राजमार्गमा भएको हो। तीव्र गतिमा रहेका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएको स्थानीयले बताएका छन्।
उक्त घटनामा पञ्चानन मोरका युवा सैकत सहारको घटनास्थलमै मृत्यु भएको थियो। जबकि दुई जना घाइते अवस्थामा जलपाईगुडी अस्पतालमा भर्ना भएका छन्। घाइते हुनेमा मैनागुरीको दासपारा क्षेत्रका सुभाष दास र कैमारी क्षेत्रका सुमन दास रहेको अतिरिक्त प्रहरी उपरीक्षक अमित वर्माले जानकारी दिए। घटनाबारे माथाभाङ्गा प्रहरी चौकीले अनुसन्धान थालेको छ।