टेनिसः बर्लिन ओपनमा जाबूर च्याम्पियन

photocollage_202262011511786.jpg

२० जूनः ओन्स जाबूरले आफ्नो प्रतिद्वन्द्वी स्विट्जरल्याण्डकी बेलिण्डा बेनसिच खुट्टाको चोटले गर्दा आधा म्याचबाट हट्दा बर्लिन ओपन टेनिस टुर्नामेण्टको खिताब जितिन्। बेनसिच पहिलो सेटको अवधि नै कोटमा लड़ेकी थिइन्। यसले उनको देब्रे खुट्टामा चोट लाग्यो। उनले दोस्रो सेटमा चाहिँ वाध्य भएर हट्ने फसेला गरिन्। त्यस समय ट्यूनिशियाकी खेलाड़ी जाबूर ६-३, २-१-ले अघि रहेकी थिइन्। यस जीतको साथै जाबूरको फाइनलमा रेकर्ड ३-५ भयो। गत वर्ष बर्मिंघम क्लासिकमा जीत हासिल गरी उनी डब्ल्यूटीए खिताब जित्ने पहिलो ट्यूनिशियाई खेलाड़ी बनेकी थिइन्। उनले गत महिना म्याड्रिड ओपनको रूपमा करियरको दोस्रो डब्ल्यूटीए खिताब जितेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement