धमनगर: उत्तरी त्रिपुरा पुलिसले शनिवार बिहान लगभग छ बजी असम- त्रिपुरा अन्तरराज्यिय सीमामा चुराईबाड़ी गेटमा ६० हजार याबा ट्याबलेट्सको साथ तीन जनालाई पक्राउ गरेको छ।उत्तरी त्रिपुरा जिल्ला पुलिस अधीक्षक भानुपद चक्रवर्तीले भने, उद्धार गरिएको मादक पदार्थ सामग्रीको बजार मूल्य लगभग छ करोड़ रूपियाँ छ। पुलिस अधीक्षक अनुसार, सूत्रहरूबाट असमको करीमगंजबाट यावा ट्याबलेट लिएर एउटा वाहन त्रिपुरामा प्रवेश गर्नेछ भनी सूचना पाइएको थियो। यस सूचनाको आधारमा चुराईबाड़ी गेटमा कड़ा चौकसीको व्यवस्था गरिएको थियो। बिहान लगभग छह बजी एक बोलेरो वाहन (टीआर-०१ एफ-२९३८) लाई जफत गरी त्यसको तलाशी लिइयो वाहनबाट ६० हजार याबा ट्याबलेट्स उद्धार गरियो। यसको बजार मूल्य लगभग छह करोड़ रूपियाँ छ। पक्रा परेका तीनैको पहिचान शुभंकर देवनाथ, इदरीस मियां र रजत पालको रूपमा गरिएको छ। तीनै सोनामुरा अनुमण्डलको धनपुर निवासी हन्।। तीनैलाई चुराईबाड़ी थानालाई सुम्पिएको छ। यिनीहरू विरूद्ध एनडीपीएस एक्ट अन्तर्गत प्राथमिकी दर्ता गरिएको छ। पुलिसले मादक पदार्थहरूको तस्करीमा प्रयोग गरिएको वाहनलाई पनि जफत गरी पुलिस स्टेशन लगेको छ।