नम्बर एक मेदवेदेवलाई पराजित गरी हाले ओपनमा हर्काज च्याम्पियन

IMG-20220620-WA0074.jpg

२० जूनः ह्युबर्ट हर्काजले विश्वका नम्बर एक खेलाड़ी दानिल मेदवेदेवलाई सीधा सेटमा पराजित गरी हाले ओपन टेनिस टुर्नामेण्टको खिताब जिते। यस जीतको साथै उनले सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनको निम्ति आफ्नो मजबूत दावेदारी पेश गरे। आफ्नो तेज सर्विसले गर्दा चिनिने पोल्याण्डका यस खेलाड़ीले रुसका मेदवेदेवलाई केवल ६४ मिनटमा ६-१, ६-४-ले पराजित गरी आफ्नो पहिलो ग्रास कोर्ट खिताब जिते। गत वर्ष विम्बल्डनको सेमिफाइनलमा स्थान बनाउने हर्काज फेरि एकपल्ट लयमा देखिएका छन्।

उनले हालेमा खिताब जित्ने क्रममा गत च्याम्पियन यूगो हम्बर्ट, यूएस ओपनको सेमिफाइनलमा पुग्ने फेलिक्स आगर एलियासिम्मे र अष्ट्रेलियाका अनुभवी खेलाड़ी निक किर्गियोसलाई पराजित गरे। त्यसपछि फाइनलमा विश्वका नम्बर एक खेलाड़ी विरुद्ध जीत हासिल गर्नमा पनि उनलाई विशेष असुविधा भएन। एटीपी टूर अनुसार हर्काज ओपन युगमा आफ्नो पहिलो पाँच एकल फाइनल जित्ने सात पुरुष खेलाड़ीहरूमा सामेल भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement