ममताको रेल यात्रामा यात्रीहरूलाई भएको समस्यामा आपत्ति व्यक्त गर्दै शुभेन्दुले रेलमन्त्रीलाई लेखे चिट्ठी

99443780.png

8 पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले ३ मईमा सरायघाट एक्सप्रेसमा हावडादेखि मालदा गएकी घटनालाई लिएर वरिष्ठ भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले रेल मन्त्री अश्विनी वैष्णवलाई चिट्ठी लेखेका छन्।जसमा दाबी गरिएको छ, ममताको यस यात्राको कारण ट्रेनलाई अनावश्यक रूपमा धेरै स्टेशनहरूमा रोकेर नियमहरूको अवहेलना गरियो। उनले यस मामिलामा जाँचको माग गरेका छन् ।यात्रीहरूको सुविधाहरूको निम्ति रेलवेको प्रतिबद्धता भएपि यस ट्रेनलाई ममता ब्यानर्जीको कारण बर्दवान स्टेशनमा यसको स्टपेज नभएपनि पाँच मिनट रोकियो ताकि ममता ब्यानर्जीले आफ्नो पार्टीका एक नेता खोकन दाससित कुरा गर्न सकुन्। यसपछि बोलपुर स्टेशनमा पनि यही गरियो, जहाँ ममताको पार्टीका नेता विकास राय चौधरी र मन्त्री चन्द्रनाथ सिन्हालाई ट्रेनमा बसाइयो। यसपछि मालदा स्टेशनमा ट्रेनलाई जहाँ केवल १५ मिनट रोकिनुथियो, त्यहाँ ३१ मिनटसम्म रोकेर राखियो। यो अत्यन्तै आपत्तिजनक हो। यदि ममताको साथ दिनमा रेलवेका अधिकारी सामेल रहेका छन् भने जाँच गरी उसलाई दण्डित गरियोस्। उल्लेख्य आफ्नो जिल्ला यात्रामा प्रस्थान हुनका लागि ममताले हावड़ाबाट सरायघाट एक्सप्रेस ट्रेन समातेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement