अणुव्रत मण्डलले जिल्ला परिषदबाट पनि पैसा असूली गर्ने गरेको खुलासा

118538-lvagmntbgt-1556505602.jpg

कोलकाता: पशु तस्करी मामिलामा पक्रा परेदेखि तिहाड़ जेलमा बन्द बीरभूम जिल्लाको तृणमूल नेता अणुव्रत मण्डलले पहिले पशु तस्करी बाहेक बीरभूम जिल्ला परिषदबाट पनि रूपियाँको असूली गर्ने गरेको थाहा लागेको छ। उनको एजेन्टको रूपमा बडीगार्ड सहगल हुसैनले रूपियाँको असुली गर्ने गर्थ्यो। अणुव्रत विरुद्ध दिल्लीको राउस एवेन्यू कोर्टमा जुन चार्जशीट दर्ता गरेको छ, त्यसैमा यो छक्क पार्ने दाबी गरिएको छ। केन्द्रिय एजेन्सीले जानकारी गराएको छ, मण्डलको करीबी कारोबारी राजीव भट्टाचार्यसित सोधपुछमा यो जानकारी पाइएको छ। भट्टाचार्यले यो स्वीकार गरेका छन् कि जिल्ला परिषदबाट पनि रूपियाँको असूली गर्ने गरिन्थ्यो। बोलपुरको अहमदपुर निवासी एक चामल मिलको मालिक हो र तृणमूल कांग्रेसको अंचल सभापति पनि हो। पशु तस्करी मामिलामा उनीसित पहिले एक पल्ट सोधपुछ भईसकेको छ। उनले बताएका छन्, चामल मिल उनको नभएर अणुव्रत मण्डलकै हो तर उनले चलाउछन्। सहगल हुसैनले ईडीलाई बताएको छ कि पशु तस्करीसित सम्बन्धित सबै कुराहरू अणुव्रत मण्डलले हुसैनकै फोनबाट गर्ने गर्थे। तृणमूल कांग्रेसका विधायक र अन्य ठूला नेताहरू पनि सहगलको कल लिस्ट पनि जमा गरेको छ, जसमा उसले यो पनि स्वीकार गरेको छ कि जिल्ला परिषदमा पनि धेरै कार्यहरू गराउनका लागि अणुव्रत मण्डलले आफ्नो राजनीतिक प्रभावको प्रयोग गर्नेगर्थ्यो र यसको साटो लाखौं रूपियाँको असूली हुनेगर्थ्यो।

About Author

Advertisement