आईपीएल २०२३: आरसीबी विरुद्ध दिल्ली क्यापिटल्सको ७ विकेटले जीत

IMG-20230506-WA0248.jpg

इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ५०औं म्याचमा दिल्ली क्यापिटल्सले रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी)-लाई ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथ दिल्ली क्यापिटल्सले प्लेअफ्-मा स्थान बनाउने सम्भावनालाई पनि जीवित राख्यो। अरुण जेटली स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै आरसीबी-ले २० ओभरमा ४ विकेट गुमाएर १८१ रन बनायो। विराट कोहलीले ४६ बलमा ५ वटा चौकाको साथ वनडे क्रिकेटको मिजासमा सर्वाधिक ५५ रन बनाए। अन्तमा उनको अर्द्धशतक कुनै काममा लागेन। यसबाहेक महिपाल लोमरोरले ६ वटा चौका र ३ वटा छक्काको साथ २९ बलमा अविजित ५४ रन बनाए। कप्तान फाफ डू प्लेसिसले ४५ रनको योगदान दिए। कोहली र डू प्लेसिसले पहिलो विकेटको निम्ति ८२ रनको पार्टनरशीप गरे पनि यी दुईको धीमा ब्याटिंगले टीमको मध्यक्रममाथि दबाउ सृष्टि भयो। यसरी टीमले अन्तमा १८१ रन मात्र बनाउन सक्यो। दिल्ली क्यापिटल्सका बलरहरूमा मिचेल मार्शले सर्वाधिक २ विकेट लिए। जवाफमा दिल्ली क्यापिटल्सले १६.४ ओभरमै ३ विकेटमा १८७ रन बनाएर म्याच जित्यो। ओपनर फिल सल्टले ८ वटा चौका र ६ वटा छक्काको साथ ४५ बलमा सर्वाधिक ८७ रन बनाए। यसबाहेक राइली रुसोले २२ बलमा अविजित ३५ र मिचेल मार्शले २६ रन बनाए। कप्तान डेविड वार्नर २२ रन बनाएर आउट भए। यसरी दिल्ली क्यापिटल्सले शुरुदेखि नै आक्रामक मिजासमा खेल्दै सजिलै म्याच जित्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *