आईपीएल २०२३: चेन्नई सुपर किंग्स ६ विकेटले विजयी

IMG-20230506-WA0227.jpg

इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ४९औं म्याचमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गऱ्यो। एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले २० ओभरमा ८ विकेट गुमाएर १३९ रन बनायो। नेहाल वाधेराले ८ वटा चौका र एउटा छक्काको साथ ५१ बलमा सर्वाधिक ६४ रन बनाए। यसबाहेक सूर्यकुमार यादवले २६ र ट्रिस्टन स्टब्सले २० रन बनाए। कप्तान रोहित शर्मा शून्य रनमा आउट भए। चेन्नईका बलरहरूमा श्रीलंकाका माथिशा पाथिरानाले सर्वाधिक ३ विकेट लिए। यसबाहेक दीपक चाहर र तुषार देशपाण्डेलाई २-२ सफलता हासिल भयो। जवाफमा चेन्नई सुपर किंग्सले १७.४ ओभरमै ४ विकेट गुमाएर १४० रनको लक्ष्यलाई हासिल गऱ्यो। ओपनर डेवोन कनवेले ४ वटा चौकाको साथ ४२ बलमा सर्वाधिक ४४ रन बनाए। यसबाहेक रुतुराज गायकवाड़ले ३०, शिवम दुबेले अविजित २६ र अजिंक्य रहाणेले २१ रन बनाए। शिवम दुबेले तीनवटा छक्का लगाए। मुम्बई इण्डियन्सका बलरहरूमा स्पिनर पीयुष चावलाले सर्वाधिक २ विकेट लिए। पाथिरानालाई प्लेयर अव् द म्याच चयन गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *