थाङसिङ वोहसेल छोजिङ गुम्बामा पाली बुद्ध पूर्णिमा पूजा

IMG-20230506-WA0237.jpg

गान्तोक। दक्षिण सिक्किमको तिमी-नाम्फिङ निर्वाचन क्षेत्र अन्तर्गत थाङसिङ वोह्सेल छोजिङ गुम्बामा गत ४ मईदेखि पाली बुद्ध पूर्णिमाको अवसरमा पूजा आयोजन भइरहेको छ। यस अवसरमा आज समाजसेवी अङ्चुक डेन्जोङ शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथि एसकेएम पार्टीका राज्य सांगठनिक उपाध्यक्ष ललित शर्मा, तिमी टी. बोर्डका अध्यक्ष टासि छिरिङ भोटिया रहेका थिए।

अतिथिहरूले गुम्बाको दर्शन गरी सिक्किम र यहाँका जनताको कल्याण हेतु पूजा अर्चना पनि गरे। ४ मईदेखि शुरू भएको पूजा ७ मईको दिन समापन हुनेछ। पूजामा समस्त श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिने आयोजक पक्षले आग्रह गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *