चिन्मय मिशन टोलीसँग राज्यपाल आचार्यको भेट

IMG-20230506-WA0236.jpg

गान्तोक। चिन्मय मिशन, सिक्किमको एक प्रतिनिधिमण्डलले आज सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यसँग शिष्टाचार भेट गऱ्यो। यस बैठकमा सी-२० भारत २०२३ अन्तर्गत १४ कार्य समूह मध्ये एक, ‘वसुधैव कुटुम्बकम,’ विश्व एक परिवार हो’ बारेमा चिन्मय मिशन, सिक्किमले गरिरहेको कार्यबारे जानकारी दिइयो। सी-२० भारत जी२० को आधिकारिक संलग्न समूह हो। जी२० मा जनताको आकांक्षालाई आवाज दिन नागरिक समाज संगठनहरूलाई मञ्च प्रदान गर्दै आएको छ। “चिन्मय मिशनले भविष्यमा आध्यात्मिकता, संस्कृति,

पर्यावरण चेतना आदि विषयमा विश्वव्यापी कार्य प्रदान गर्ने दिशामा अग्रसर रहेको छ। राज्यपालले संस्थाको कार्यप्रति खुसी व्यक्त गर्दै सराहना गरे। उनले विश्वका लागि सकारात्मक सोंच राखेर काम गर्नुपर्ने आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement