पाकिमको पोस्टमा सिक्किम बोयज एफसी-को ७ गोल

IMG-20230506-WA0231.jpg

गान्तोक: गत ३० अप्रेलदेखि शुरु भएको अल सिक्किम चीफ मिनिस्टर्स सेकेण्ड डिभिजन एस-लीग च्याम्पियनशीप २०२३-को लीग चरणको म्याच हाल पाल्जोर स्टेडियम अनि नाम्चीको भाइचुङ स्टेडियममा सञ्चालन भइरहेको छ। यसै क्रममा आज यहाँको पाल्जर स्टेडियममा दुईवटा म्याच खेलाइयो, जसमा प्रथम खेल सिक्किम बोइज एफसी अनि पाकिममाझ रोमाञ्चक भिड़न्त भएको थियो। उक्त प्रतियोगितामा शुन्यको विरुद्ध ७ गोलले सिक्किम बोइज विजयी बन्यो। सिक्किम बोइजको तर्फबाट लाक्पा नर्बु शेर्पाले ह्याटि्रक सहित चार ग‍ोल गरे भनेदेखि आकाश लामिछान, किस्मत गुरुङ र क्रिस देवाङ भोटियाले १-१ ग‍ोल गोल गरे टिमकोलागि बढावत दिलाए।यसरी नै दोस्रो खेल सिक्किम ब्रदरहुड एफ.सी बनाम नर्दनर्स एफसीमाझ सम्पन्न भयो। यस खेलमा दुवै दलले ३-३ गोल गरेर खेल बराबरीमा टुङ्गियो। सिक्किम ब्रदरहुड एफसीको तर्फबाट साहिल लिम्बू , सन्दीप लिम्बू र नरेन्द्रछेत्रीले र नर्दनर्स एफ. सीको तर्फबाट जिग्देल हिस्से भोटियाले, दोर्जी लेडा लेप्चा र किङ्ग लेप्चाले गोल गरे। आजको पहिलो खेलमा पूर्व फूटबल खेलाड़ी तथा एस. ए. आईमा डेप्युटी डायरेक्टर पेम्बा छिरिङ भोटिया मुख्य अतिथिको रूपमा रहेका थिए भने दोस्रो खेलमा एसएफए-का अध्यक्ष मेन्ला इथेन्पा विशिष्ट अतिथिको रूपमा उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *