यात्रा

00-1-images-fot-Yatra

हिसाब नै गलत रहेछ

सपना नै गलत रहेछ

सोचाइ नै गलत रहेछ

विचार नै गलत रहेछ

भन्छन् भन्नेहरूले ….

र म आफै मनमनै सोचिरहन्छु

तिमी र म भेट भएका ती दिनहरू

ती हाम्रा कलिला मष्तिष्कमा

जातिप्रेमको उष्णवेग उफ्रिरहेको बेला

जहाँ मेरा उमगंहरु सुखद जीवनको

आशाहरू बटुल्दै सपना सजाउँदै

दौडिरहे ….दौडिरहे…..!

लक्ष्यहीन यात्री सरह दौडिरहे।

हिजै जस्तै लाग्छ

ती यौवनका उत्साहहरु

अस्तित्वको घमाशनमा

रहर मेट्न नपाई कतिको चुरा फुटे

आमाले छोरा गुमाए।

हिंसाको ताण्डव मचियो।

हर बिहान हामीमा विद्रोह सल्कियो।

छ्यास्सीले गर्नुगर्यो।

तर …परिणाम…

बारम्बार झुक्किरह्यौ तिमी र म।

यो हिसाबको गलत फर्मुला देखेर

तिम्रो र मेरो सपना के सपना नै रहने हो

निस्तब्ध रातको अन्धकारमा

म एउटै प्रश्न गरिरहेछु…

के हामी लिलाम भइसक्यौ???

हाम्रो गर्भ तुहाएकै हो र..!

गलतलाई सहीछाप गर्नुछ अब

मलाई गर्भधारण गर्नुछ अब

तिम्रो अस्तित्वको निम्ति

मेरो मर्यादाको निम्ति

मलाई गर्भधारण गर्नुछ

एउटा नयाँ फर्मुलाको

हिसाब सुल्झाउनु छ।

एउटा क्रान्ति जन्माउनु छ।।।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *