एयर इण्डिया फ्लाइटमा महिला यात्रीलाई बिच्छुले टोक्यो

air_india_urination_case_emails_1674260203515_1683351593022.webp

नयाँ दिल्ली: टाटा नेतृत्व एयरलाइन्स कम्पनी एयर इण्डिया (एआई) को गत महिना नागपुरबाट मुम्बई गईरहेको फ्लाइटमा एक महिला यात्रीलाई बिच्छूले टोक्यो।हालमा सो महिला अहिले एकदमै स्वस्थ छिन्। यो जानकारी एयर इण्डियाले शनिवार जारी एक बयानमा दिएको छ। एयरलाइनले भनेको छ, उड़ान संख्या एआई-६३० मा २३ अप्रेलमा एक महिला यात्रीलाई बिच्छूले टोकेको थियो। हवाईअड्डामा उत्रेपछि डाक्टरले यात्रीको चेकअप गर्यो र पछि अस्पतालमा उपचारपछि पीड़ित महिला यात्रीलाई छुट्टी दिइयो। यस घटनापछि एयर इण्डियाको इन्जीनियरिङ टीमले विमानको निरीक्षण गयो। टीमले पूरा प्रोटोकलको साथ विमानको छानबीन गयो र बिच्छूलाई बाहिर निकाल्यो। यसपछि प्लेनको सफाई गरियो। एयरलाइनले यस घटनाको निम्ति यात्रीसित पनि माफी मागेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement