सिक्किम प्रोफेशनल विश्वविद्यालयका कुलपतिले राज्यपालसॅंग भेट

IMG-20230408-WA0112.jpg

गान्तोकः सिक्किम प्रोफेशनल विश्वविद्यालयका कुलपति प्रो. डा. जेए अरूलचेला कुमार, रजिस्ट्रार प्रो. रमेश कुमार रावत र विश्वविद्यालयमा संचालित सिक्किम प्रोफेशनल कलेज अफ् फिजियोथेरपीकी प्राचार्य कृतिका शर्माले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। भेट अवधि कुलपतिले सिक्किमका विद्यार्थीहरूको गुणात्मक शैक्षिक र व्यक्तिगत विकासको निम्ति धेरै उपयोगी कार्यक्रम र योजनाहरूको विषयमा अवगत गराए।

राज्यपालले विद्यार्थीहरूको समग्र विकासको निम्ति उनीहरूको रुची र दक्षता अनुसार विभिन्न विषयहरूमा गहन ज्ञान प्रदान गर्नु पर्ने आवश्यकतामाथि बल दिए। उनले भने, मूल्यानूगत शिक्षाले नै विद्यार्थीहरूमा देशप्रति एकता, अखण्डता र देशभक्तिप्रति प्रेमलाई व्यक्त गर्न सक्छ। विद्यार्थीहरूको समग्र विकासको निम्ति डिग्री शिक्षाका साथै समग्र विकासको निम्ति उनीहरूको रुची र दक्षता अनुसार विभिन्न विषयहरूमा गहन ज्ञान प्रदान गर्नुपर्ने आवश्यकता छ। उनले शिक्षक संस्थानहरूलाई वाद-विवाद प्रतियोगितासिहत अन्य विकासोन्मुख कार्यक्रम निरन्तर आयोजित गर्नु पर्ने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *