कोलकताः बंगालको खाड़ीमा चक्रवात मोचा तयार भएको छ। मौसम विभागको भविष्यवाणी अनुसार शनिवार दक्षिण पूर्व बंगालको खाड़ीमा चक्रवात बनिएको छ। आगामी २४ घण्टामा यस क्षेत्रमा निम्न दबावको सम्भावना छ। अलीपुर मौसम विभागको तर्फबाट शनिवार अपरान्ह बताइयो, आइतवार बिहान निम्न चाप सृजना हुनसक्छ। यस चाप पश्चात चक्रवाती हुण्डरी अझ प्रभावकारी हुने सम्भावना देखिएको छ। सोमवार तीव्र हावा-हुण्डरीसितै भारी मात्रामा वर्षा हुने सम्भावना छ। मौसम वैज्ञानिकहरूले बंगालको खाड़ीमा चक्रवात बनिएपछि स्थितिमाथि निरन्तर नजर राखिरहेका छन्।
चक्रवातलाई लिएऱ राज्य प्रशासन पहिला नै अलर्ट छ। विधाननगर क्षेत्रमा रूखहरूको कटाई शुरू भएको छ। कलकत्ता शहरका अधिकारीहरूले दाबी गरेका छन्, आपदासित सामना गर्नको लागि सबै तयारीहरू गरिसकिएको छ। पश्चिम बंगाल बाहेक ओडिशामा पनि गतिविधिहरू शुरू भएको छ। राज्यका तटीय जिल्लाहरूलाई पहिला नै अलर्ट जरी गरिएको छ। पछिल्ला केहीवर्षदेखि यता बंगालको खाड़ीमा मई महिनामै एकपछि अर्को चक्रवाती तूफान सृजना भिरहेको छ। वर्ष २०२०-मा आएको चक्रवात ”अम्फन” अत्यन्त घातक थियो। त्यसपछि वर्ष २०२१-को मईमा चक्रवात यसले प्रवेश गरेको थियो र मई २०२२-मा असनी चक्रवात आएको थियो। त्यसै वर्ष अक्टुबरमा चक्रावत सितरंग आएको थियो।










