सुक्रबारे सदाम जीपीयूमा गायन, नृत्य एवं खेलकुद कार्यक्रम सम्पन्न

Untitled-1-copy-53

नाम्चीः नाम्ची जिल्लाअन्तर्गत सुक्रबारे सदाम जीपीयूमा आज आजादीका अमृत महोत्सव अन्तर्गत गायन प्रतियोगिता, जन जाति नृत्य प्रदर्शन र खेलकुद कार्यक्रम आयोजना भयो। स्थानीय पञ्चायतगणले आयोजना गरेको यस कार्यक्रममा मल्ली समष्टिका विधायक फरवन्ती तामाङ मुख्य अतिथि रहेकी थिइन्।

कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थी नानीहरूलाई गायन, नृत्य र खेलकुदमा प्रोत्साहन अनि प्रेरणा प्रदान गर्नु रहेको बताइएको छ। यस कार्यक्रमलाई सफल बनाउन जीपीयूका चार विद्यालयले सहभागिता जनाएको स्थानीय पञ्चायत सभापति चन्द्राकला प्रधानले बताएकी छन्। कार्यक्रममा जिल्ला पञ्चायत अध्यक्ष अन्जिता राजालिम, एसकेएम पार्टीका उपाध्यक्ष तिलक बस्नेत आदिको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement