४जी सेच्युरेसन अन्तर्गत सिक्किमका सबै गाउँमा नेटवर्क उपलब्ध गराउन केन्द्र सरकार प्रतिवद्धः देवुसिन चौहान

Untitled-1-copy-51

गान्तोकः केन्द्रिय सञ्चार राज्य मन्त्री देवुसिन चौहानले सिक्किममा दूरसन्चार विकासका लागि केन्द्र सरकार प्रतिवद्ध रहेको जानकारी दिएका छन्। पाकिम जिल्लाको भ्रमणमा रहेका केन्द्रिय राज्य मन्त्रीले शनिवार पाकिममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारत सन्चार निगम लिमिटेड (बीएसएनएल) को माध्यमबाट सिक्किममा सन्चार सुविधा विकास गराउने पहल भइरहेको जानकारी दिए। सिक्किमा प्रत्येक कुनामा दूर सन्चारको विकासका लागि ४जी सेच्युरेसन योजना अन्तर्गत कार्य हुने उनले बताए। देशमा नै विकसित सामग्रीलाई प्रयोगमा ल्याएर ४जी सेच्युरेसन योजना सञ्चालन भइरहेका कारण अहिले पनि मानिसहरूले ४जी सेवा पाउन ढिलो भइरहेको कुरालाईन स्वीकार गर्दै तथापि एकपल्ट 4जी सेच्युरेसन योजना सम्पन्न भएपछि यसकै माध्यमबाट ५जी सेवा अपडेट सहज हुने उनले बताए।

पाकिम जिल्लाको भ्रमणमा रहेका राज्य मन्त्री देवुसिन चौहानले जिल्लामा ४जी सेवा उपलब्धताका लागि ४३ वटा नयाँ साइट चयन भएको जानकारी दिएका छन्। यसको माध्यमबाट सन्चार सम्पर्क स्थापित हुन नसकेका जिल्लाका सबै गाउँमा सुविधा उपलब्ध हुने उनले बताए। केन्द्र सरकारको ४जी सेच्युरेसन प्रोजेक्ट अन्तर्गत सबै गाउँलाई समेटिने उनले बताएका छन्। उनले जानकारी दिए अनुसार देशमा सम्पर्क सुविधाबाट बञ्चित रहेका सबै गाउँमा ४जी सेवा उपलब्ध गराउन केन्द्र सरकारले २४ हजार करोड़ रुपियाँ भन्दा अधिक धनराषि खर्च गर्ने योजनालाई अघि बडाएको छ। यस अन्तर्गत सिक्किमका लागि कुल ३६साइट सिक्किमका लागि प्रदान गरिएको छ भने यस अतिरिक्त २६७ नयाँ ४जी साइट उपलब्ध गराउने योजना रहेको छ। यसरी नै राज्यका विभिन्न सीमा क्षेत्रमा ९१ नयाँ साईटको माध्यमबाट ४जी सेवा सम्पर्क स्थापित गराउने योजना रहेको जानकारी दिएका छन्।

यस बाहेक भारत नेट प्रोजेक्ट अन्तर्गत पाकिम जिल्लाका ५५ गाउँलाई ओएफसी सुविधाबाट हाई स्पीड नेट उपलब्ध गराइने पनि उनले बताए। यसले पाकिमका सबै गाउँलाई अप्टिकल फाईबर कनेक्सन अन्तर्गत समेट्ने बताइएको छ। अर्कोतर्फ सिक्किम राज्यका कूल ४१९ गाउँलाई ओएफसी अनतर्गतको कनेक्सन उपलब्ध गराइने पनि बताए। केन्द्र भारतीय जनता पार्टीको सरकार पूर्वोत्तर क्षेत्रको विकासमा प्रतिवद्ध रहेको उल्लेख गर्दै राज्यमन्त्री देवुसिन चौहानले प्रधानमन्त्री ग्राम सडक योजना, जल जीवन मिसन जस्ता ग्रामीण योजनामा बल दिएको बताए। पाकिम जिल्लाका केही गाउँको भ्रमण गरेको र यसबाट सिक्किममा केन्द्रीय योजना सहि सञ्चालन भइरहेका छन् भन्ने आफूले अनुभव गरेको पनि उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement