हामी जबसम्म एक सूत्रमा बाँधेर अघि बढ्दैनौं तबसम्म हाम्रो सोच र परिवर्तनको लड़ाई पूरा हुँदैन: अनित थापा
सोनादा: आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको विशेष उपस्थितिमा सोनादा पचेङ समष्टीबाट धेरैजना युवाहरू गोजमुमोबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। सोनादा पचेङ समष्टीको बबिन्द्र राई र युवा मोर्चाको संयोजक भाईचुङ तामाङको अगुवाईमा सोनादा पचेङ क्षेत्रका २५ जना युवाहरू भागोप्रमोमा सामेल भएका छन्। सबैलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले खदार्पणसहित पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्। त्यसरी नै गोजमुमो केन्द्रीय सदस्य मणि गुरुङको अगुवाईमा दार्जिलिङका २२ जना भागोप्रमोमा सामेल भएका छन्। उनीहरू सबैलाई भागोप्रमो अध्यक्ष अनित थापाद्वारा खदार्पणसहित पार्टीको झण्डा प्रदान गरेर पार्टीमा स्वागत जनाएका छन्। उक्त सामेल हुने कार्यक्रममा भागोप्रमो अध्यक्ष अनित थापाले आफ्नो सम्बोधनमा आज सबैजना भागोप्रमोमा सामेल भएको होइन तर हाम्रो पुन: मिलन भएको हो भनी बताएका छन्। उनले भने, आफ्नो सम्बोधनमा गोर्खाल्याण्ड गोर्खाहरूको सपना भन्यो तर त्यो सपना सपना नै रह्यो कहिले विपना भएन कारण गोर्खाल्याण्ड भएपछि सड़क बनिन्छ, स्कूल बनिन्छ, बाटो बनिन्छ, पानी आउँछ भन्यो तर कहिले आएन। लिडरहरूले आफ्नो रोटी सेक्नलाई जातिको नाममा र गोर्खाल्याण्डको नाममा भोट माग्ने काम मात्र गरेको छ। तर दशकौं बितेर गएको छ।’

अनित थापाले अघि भने, हामी अहिले सम्झाउँदै अघि बढिरहेका छौं, पछिबाट चम्काउँदै आईरहेका छन् तर म सम्झाउनु थाक्दिन बरू पछिबाट भत्काउनेहरू थाक्छन् होला। हामी जबसम्म एक सूत्रमा बाँधेर अघि बढ्दैनौं तबसम्म हामीले सोचेको परिवर्तन र सोचको लड़ाई पूरा हुँदैन।’ उनले अझ भने, आज सोनादाका युवा भाइहरू हाम्रो सोच र विचारलाई साथ दिनलाई आउनु भएको छ। अब हामी एकै परिवार भएर अघि बढ्नुपर्छ। उनीहरू पार्टीमा सामेल भएका होइनन् तर हाम्रो पुन: मिलन भएको हो।’
थापाले भने, ‘पञ्चायत चुनावमा भागोप्रमोलाई हराउन सबै लागिपरेका छन्। सबै एक भईरहेका छन्। मेरो भूलहरू उनीहरूले नै बताई दिईरहेका छन् र म त्यसलाई सुधारेर अघि बनिरहेको छु। हामी कसैलाई पनि नराम्रो टिप्पणी नगरौं।’
समर्थन जनाउने युवाहरूमा गत जीटीए चुनावमा सोनादा पचेङ समष्टीबाट वर्तमान कार्यकारी सभासद अनोश थापाको विरूध्द खड़ा भएका बबिन्द्र राईले आफ्नो सम्बोधनमा भने, ‘हामीले लामो चर्चा परिचर्चा गरेर निर्णय गरी भागोप्रमोमा सामेल भएका हौं तर अब जातिको लागि केही गर्दैन भन्ने नसोच्नु हवस तर हामी सदैव सोनादाको जनताको पक्षमा खड़ा हुनेछौं। हामी पार्टी चारिरहने पनि होइनौं कारण हामी २००७ देखि अहिलेसम्म एउटै पार्टीमा रहेर कार्य गर्नेहरू हौं। तर २१७ देखि पहाड़मा देखिएको विकास र शान्ति श्रृंखला देखेर आएका हौं तर हाम्रो यसमा कुनै व्यक्तिगत स्वार्थ छैन।’

आजको समर्थन कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा पचेङ समष्टीको सभासद अनोश थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।









