६ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित प्रतिष्ठित के-लीग सुपर डीविजन फूटबल प्रतियोगितामा सुबोथ फूटबल एकाडमी (मंगपंग) असाधारण प्रदर्शनको साथ म्याच बचाउन सफल भयो । स्थानीय मेला ग्राउण्डमा शनिवार शेयर एफसी र सुबोथ एफए-बीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। म्याचमा शेयर एफसी एक समय २-०-ले अघि रहेको थियो तर सुबोथ एफए-ले पनि लगातार २ गोल गरी म्याच ड्र गऱ्यो। शेयर एफसी-बाट क्षितिज भुजेल र नयनदीप राईले गोल गरे। यसरी सुबोथ एफए-बाट रुपेश राई र सोहेल रोयले गोल गरे। शेयर एफसी-का आकाश सुन्दासलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ।

यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफए, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। सबै म्याचहरू मेला ग्राउण्डमा खेलिनेछ। आइतवार खेलिने म्याचमा जर्जियन एफसी र सेसोनिअन एफए-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३०बजीदेखि शुरु हुनेछ।









