पतिले पत्नीको हत्या

Death-Image-Rep-copy

गान्तोक। पूर्व सिक्किमको रानीपुल थाना क्षेत्र अन्तर्गत सामलिकमा पतिले पत्नीको हत्या गरेको घटना जानकारीमा आएको छ। यस घटनाको सन्दर्भमा पुलिसले आरोपित पतिलाई पक्राउ गरेको छ। आरोपित पतिको नाम बीर बहादुर रसाइली हो। ५५ वर्षीय आरोपित मूल रूपमा नेपाल निवासी हुन्।

पुलिसले आरोपित रसाइलीका छोराले हत्याको घटनाबारे लिखित एफआईआर दर्ता गराएको जानकारी दिएको छ। यो घटना शनिवार राति लगभग सात बजी घटेको हो। छोराले एफआईआरमा उल्लेख गरे अनुसार, उनको पिताले हिजो राति लगभग सात बजी उनको पत्नी (कान्छी आमा) लाई एक जना व्यक्ति (लाक्पा शेर्पा) सॅंग आपत्तिजनक स्थितिमा देखेपछि आक्रोशित बनेर दुवै जनालाई कुटपिट गर्न थाले। लाक्पा शेर्पा त्यहॉंबाट भागे। पिताले कान्छी आमालाई दाउराले हिर्काउन थाले। यस घटनाको जानकारी गराउन उनी छिमेकीको घर गए। फर्केर आउँदा उनले आमालाई भुईँमा लडिरहेको पाए।

पुलिसले शव आफ्नो अधीनमा लिएर सीआरएच मणिपाल पोस्टमार्टमको निम्ति पठायो। पुलिसले घटनास्थलबाट कुटपिटको निम्ति प्रयोग गरिएको दाउरा पनि जफत गरेको छ। यस घटनामा लाक्पा शेर्पालाई पनि गम्भीर चोट लागेको छ। पीडित लाक्पा पनि नेपाल निवासी रहेको बताइएको छ। पुलिसले यस घटनाको सन्दर्भमा आरोपित व्यक्ति विरूद्ध आईपीसीको धारा ३०२/३०७ अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement