सिलगढी: आउँदै गरेको ७ मई देवर्षि नारद जयन्ती हो। त्यसको एक दिन अगाडि शनिबार विश्व संवाद केन्द्र उत्तरबंगाको तर्फबाट देवर्षि नारद जयन्ती मनाइएको थियो । कार्यक्रममा विशेष पत्रकार मानस ब्यानर्जी, शिबु छेत्री, डा. कृष्णचन्द्र देव, गोपाल ओझा, साधन पाल प्रमुख अतिथिका रुपमा उपस्थित थिए । ती बाहेक आजको अभिनन्दन समारोहमा सिलगढीका विभिन्न संवाददाताहरूलाई सम्मान गरिएको थियो। सो अवसरमा बंगाली, हिन्दी, नेपाली, अङ्ग्रेजीका वरिष्ठ पत्रकार मानस ब्यानर्जी, शिबु छेत्री, डा कृष्णचन्द्र देव, गोपाल ओझा, साधन पाललाई सम्मान गरिएको थियो ।










