तीनधारेमा मजदूर युनियनको ६०औं वार्षिक साधारण सभा अनि सेफ्टी सेमिनार सम्पन्न

IMG-20230506-WA0201.jpg

जसले नयाँ पेन्सन स्कीमलाई हटाएर पुरानै पेन्सन स्कीम लिएर आउनेलाई भोट दिने मजदूर युनियनको निर्णय

खरसाङ: खरसाङको तीनधारेमा एनएफ रेलवे मजदुर युनियन खरसाङ-तीनधारे शाखाको आयोजनामा ६०औं वार्षिक साधारण सभा साथै सेफ्टी सेमिनार सम्पन्न भएको छ। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न उक्त कार्यक्रम रेलवे मजदुर युनियन खरसाङ शाखाको सभापति बिर्खु राईको अध्यक्षता र केन्द्रीय सह सचिव परितोष पालको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा स्वागत सम्भाषण मजदुर युनियन केन्द्रीय सह सचिव परितोष पालले राखेका थिए। उक्त कार्यक्रममा रेलवे कर्मचारीहरूको संगठन मजदूर युनियनको केन्द्रीय पदाधिकारीहरू विशेष रूपमा उपस्थित रहेका थिए। उक्त कार्यक्रम अघि मजदुर युनियन केन्द्रीय महासचिव आशिष विश्वास र उनको टिमले डीएचआरको मुख्यालय मानिने तीनधारेको कारखाना परिसरमा भ्रमण निरीक्षण गरेका थिए। त्यसपछि तीनधारेको महात्मा गाँधी हलमा मजदूर युनियनको ६०औं वार्षिक साधारण सभा अनि सेफ्टी सेमिनार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै मजदुर युनियन केन्द्रीय महासचिव आशिष विश्वासले आफ्नो सम्बोधन राख्दै सरकारले रेलवे कर्मचारीहरूका पुरानो पेन्सन स्कीम हटाएर नयाँ पेन्सन स्कीम लागु गरेर रेलवे कर्मचारीहरूमाथि अन्याय गरेको र सबै कर्मचारीहरू एक भएर यसको विरोध गर्नु पर्ने आह्वान् गरेका छन्। उनले मजदुर युनियन सबै एक भएर कार्य गर्नु पर्ने आह्वान् गरेका छन्। केन्द्रीय सह सचिव एंव कटिहार मण्डलको संयोजक सञ्जय गोस्वामीले कार्यक्रमलाई सम्बोधन गर्दै भारतमा सबैभन्दा ठूलो कर्मचारीहरू रेलवेमा रहेको छ अनि गत कोरोनाकालमा पनि रेलवेले देशको लागि खानेकुराहरू एक ठाउँदेखि अर्को ठाउँ लाने कार्य ईमान्दारीसाथ गरेको साथै भारतीय रेलवेले लगातार रुपमा २४ घण्टा नै कार्य गर्ने बताएका छन्। उनले हामी कुनै राजनैतिक दलसित सम्बन्धित छैनौं तर २०२४ मा हुने चुनावमा जुन पार्टीले रेलवे कर्मचारीहरूका लागि नयाँ पेन्सन स्कीमलाई विरोध गर्दै पुरानै पेन्सन स्कीमलाई नै लिएर आउँछ त्यही पार्टीलाई हामी सबै रेलवे कर्मचारीहरू र परिवारहरूबाट भोट जानेछ भनी बताएका छन्।कार्यक्रममा मजदुर युनियन केन्द्रीय उपाध्यक्ष पीके धर, कटिहार क्षेत्रको सचिव एंव अल ईण्डिया मेन्स फेडेरेसनको सह सचिव मनोज सिंह, केन्द्रीय सह सचिव उमा शंकर, मजदुर युनियन खरसाङ शाखाको भूतपूर्व सभापति गोबिन शर्मा आदिले वक्तव्य राखेका थिए। यसै सभामा नै मजदूर युनियन खरसाङ शाखाको पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी गठन गरिएको छ। कार्यक्रममा मजदुर युनियन केन्द्रीय पदाधिकारीहरू, खरसाङ शाखाको सचिव सन्तोष विश्वकर्म र सह सचिव पासाङ सालाखा लगायत रेलवेको एपीओ एसभी दत्त, तीनधारेको नयाँ एडीएमई प्रियम अग्रवाल आदिको पनि उपस्थिति रहेको थियो। आजको सेफ्टी सेमिनार र ६०औं वार्षिक साधारण सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ शाखाको सभापति बिर्खु राईले जानकारी गराउँदै आज तीनधारेमा मजदूर युनियन खरसाङ शाखाको आयोजनामा सेफ्टी सेमिनार साथै ६०औं वार्षिक साधारण सभा गरिएको बताएका छन्। उनले आजको कार्यक्रममा मजदुर युनियनको केन्द्रीय पदाधिकारीहरू विशेष रूपमा उपस्थित रहेको र सबैको निर्णय अनुसार मजदूर युनियनद्वारा सरकारले रेलवेलाई निजीकरण गरेकोमा विरोध जनाएको साथै रेलवे कर्मचारीहरूका लागि नयाँ पेन्सन स्कीम लागु गरेर अन्याय गरेको भन्दै विरोध जनाउँदै पुरानै पेन्सन योजना लागु गराउने मांग गरिएको बताएका छन्। उनले आजको सभामा हामीले दार्जिलिङ हिमालयन रेलवेमा पर्यटकहरूलाई जस्तै स्थानीयहरूलाई पनि निक्कै बेसी भाड़ा लाग्ने गरेको र यसको लागि स्थानीयहरूलाई कम भाँड़ामा नै यात्रा गर्न दिनु पर्ने मांग गर्दै रेलवे मन्त्रालयसम्म ज्ञापन दिने भएको जानकारी गराएका छन्। उनले आजको कार्यक्रममा नै मजदूर युनियन खरसाङ शाखाको पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी गठन गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement