निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

IMG_20220619_213117.jpg

राजगञ्ज: निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। राजगञ्जको साहुडाङ्गीस्थित रामकृष्ण विवेकानन्द आश्रमको आयोजना गरिएको थियो। उक्त शिविरमा जेनरल फिजिशियन, स्त्री रोग विशेषज्ञ लगायत विभिन्न प्रकारको रोगका डाक्टरहरूले मानिसहरूको निःशुल्क स्वास्थ्य जाँच गरे। उक्त शिविरमा इलाका मानिसहरू लगायत पघालुपाड़ा, आदर्श पल्ली र आमबारीका धेरैजना मानिसहरूले स्वास्थ्य जाँच गराए। यस सम्बन्धमा आश्रमका महाराजले भने, आश्रमको पहलमा प्रत्येक महिना स्वास्थ्य शिविरको आयोजना गर्ने गरिन्छ। विभिन्न रोगका डाक्टर आएर इलाकाका मानिसहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गर्दछ भने आज पनि यहाँ स्वास्थ्य जाँच शिविरको आयोजना गरेर इलाकाका धेरैजना गरिब मानिसहरूले स्वास्थ्य जाँच गराए।

About Author

Advertisement