निखोज नाबालिग छोरी घर फर्किएपछि हर्षित अभिभावक

fb43cf26-fde2-46a6-bdc9-8352819711ab

कालचिनीः गत मार्च महीनामा हठात घरबाट भागेर दिल्ली पुगेकी एकजना नाबालिग केटीलाई अन्ततः कालचिनी थानाको पुलिस र सामुदायिक मीडिया संगठन भिडियो भोलिन्टियर्सको सहयोगिता एवम् एन्टी ट्राफिकिङ एनजीओको मदतमा घर फिर्ता गराएको छ। निखोज बनेकी छोरीको आमाले कालचिनी थानामा प्राथमिकी दर्ता गराएकी थिईन भने पुलिसले तत्कालै केटीको फोनको लोकेशन ट्र्याक गरेर दिल्लीबाट घर फर्काउन सफल भएको थियो। शनिबार निखोज छोरी घर फर्किएको खुसीमा आमाले कालचिनी थानामा पुगेर थाना प्रभारी टीएन लामालाई धन्यवाद ज्ञापन गरिन्।
निखोज केटीको आमाले छोरी कक्षा ६ मा पढ़दै गरेकी थिईन तर कसको ललाई फकाईमा परेर दिल्ली पुगेकी थिईन र दिल्लीमा कसैको घरमा काम गरिरहेकी थाह पाएर पुलिस र भिडियो भोलिन्टियर्सको सहयोगितामा छोरीलाई अन्ततः घर ल्याउन सफल भएको बताएकी छन्। यता कालचिनी थाना प्रभारी टीएन लामाले नाबालिग केटी निखोज बनेकी प्राथमिकीको आधारमा एसआई प्रद्युत सरकारले केटीको लोकेशन ट्र्याक गरेर केटीलाई उद्धार गर्न सकेको र पुलिसले यस्तो मामलामा हरसम्भव मदत गर्दै आईरहेको जनाएका छन्।

About Author

Advertisement