कालचिनीः शुक्रबार मध्य राती प्रायः २ बजी कालकुट बनबस्ती संलग्न ३१ सी राष्ट्रिय राजमार्गमा एउटा वाहनको चपेटमा परेर एकजना उत्तर ढालकर निवासी दिनेश महतो उमेर ५७ को मर्मान्तिक मृत्यु भएको घटना प्रकासमा आएको छ। कालचिनी थाना अधीनस्थ रहेको निमती आउटपोस्ट सुत्रले जनाए अनुसार मृतकको गोजीबाट भेटाईएको आधारकार्डबाट मृतकको परिचय प्राप्त भएको हो भने शवलाई उद्धार गरेर पोस्टमार्टममा पठाएको बताईएको छ।










