कालचिनीः बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ दमनपुर वेस्ट रेञ्ज, दमनपुर मोबाइल स्क्वाइड र गरम बीटको बनकर्मीहरुले शुक्रबार राती गोप्य सूचनाको आधारमा अलिपुरद्वार १ नम्बर ब्लक अन्तर्गत पर्ने पटकापाड़ा क्षेत्रमा एउटा सालको काठ लादिएको सानो पिक-अप भ्यानलाई पछि गरेर वाहन र काठ उद्धार गर्न सफल भएको थियो भने सो भ्यानको चालक वाहन छोड़ेर भाग्न सफल भएको थियो।
पुनः बनकर्मीहरूले संलग्न बन्चुकामारी क्षेत्रमा पनि अभियान चलाएर काठ लादिएको एउटा मारुति भ्यान सहित एउटा साइकल औ दुईजनालाई पक्राउ गर्न सफल भएको थियो। जफत गरीएको साल काठको बजार मूल्य अनुमानिक २ लाख रुपियाँ रहेको बन विभागले जनाएका छन्। पक्रा परेका दुईजना अभियुक्तलाई शनिबार अलिपुरद्वार जिल्लाको अतिरिक्त जिल्ला सत्रह अदालतमा पठाएको थियो भने सत्रह न्यायाधीशले दुवै अभियुक्तलाई १४ दिनको जेल हिफाजतमा राख्ने निर्देश दिएको छ।