कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले जम्मू-कश्मीरमा आतंकवादीहरूसँगको भिडन्तमा शहीद भएका दार्जीलिङ पहाडका २५ वर्षीय वीर सैनिकप्रति गहिरो दुःख प्रकट गर्दै शोक समवेदना व्यक्त गरेकी छिन्। राजौरीमा भएको भिडन्तमा ज्यान गुमाउने पाँच भारतीय सैनिकमध्ये पहाड यी वीर छोरा पनि हुन्। मुख्यमन्त्री ममता ब्यानर्जीले सिद्धान्त छेत्रीको मृत्युको खबरले आफू निकै स्तब्ध भएको बताइन्। उनले वीर सैनिकका शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छिन्। उनले ट्वीट गरिन्, ‘दार्जीलिङको बिजनबारीका हाम्रा २५ वर्षीय सैनिक जवान सिद्धान्त छेत्री भारतीय सेनाका पाँच बहादुर सिपाहीहरूमध्ये एक हुन्, जसले हिजो जम्मू-कश्मीरको राजौरीमा विशेष अपरेशनमा आतंकवादीहरूसित भएको भिडन्तमा ज्यान गुमाए भन्ने कुरा थाहा पाउँदा म गहिरो रुपमा स्तब्ध छुl हाम्रो देशभक्त जवानहरूले आतंकवादी हमलालाई विफल बनाउनका लागि आफ्नो प्राणको आहुति दिए, अनि उनीहरूको सर्वोच्च बलिदानलाई कहिले पनि भुल्न सकिने छैनl’ उनले भनिन्, ‘म सिद्धान्त छेत्रीको शोक सन्तप्त परिवार अनि हिजो आफ्नो ज्यान गुमाउने अन्य देशभक्तहरूप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्दछुl’