खरसाङ प्रीमियर लीग:यूकेएफसी र युनाइटेड दिलाराम विजयी, एचएफए र चैतेपानीबीच म्याच ड्र

photocollage_202356175510430.jpg

६ मईः खरसाङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ प्रीमियर लीग २०२३ फूटबल प्रतियोगिताको पहिलो दिन शनिवार तीनवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले नयाँ बस्ती एफसी-लाई ९-२-ले पराजित गऱ्यो। विजेता टीमबाट निखिल तामाङ एक्लैले ४ गोल गरे। यसरी नै हिल फूटबल एकाडमी र चैतेपानी एफसी-बीच खेलिएको म्याच २-२-ले ड्र रह्यो। हिल एफए-बाट अनिकेत तामाङ र कुणाल तामाङले गोल गरे। यसरी चैतेपानी एफसी-बाट तेञ्जिंग भूटिया र मीराज थापाले गोल गरे। आजको तेस्रो तथा अन्तिम म्याचमा गत सीजनको च्याम्पियन युनाइटेड दिलारामले सेण्ट मेरीज स्पोर्टिंग क्लबलाई ९-०-ले पिट्यो। विजेता टीमबाट अभिशेष बीके-ले ३ अनि अयुष तामाङले ४ गोल गरे। यस फूटबल प्रतियोगितामा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई तीनवटा ग्रुपमा बाँड़िएको छ। ग्रुप ए-मा चैतेपानी एफसी, मिक्स्ड अप् बोइज र हिल फूटबल एकाडमी रहेको छ। ग्रुप बी-मा नयाँ बस्ती फूटबल क्लब, मण्टिभियट स्पोर्टिंग क्लब र युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) रहेको छ। यसरी ग्रुप सी-मा युनाइटेड दिलाराम, सेण्ट मेरीज र गोथल्स स्लाइडिंग युथ क्लब रहेको छ।आउँदो ८ मईसम्म चल्ने लीग चरणमा हरेक दिन तीनवटा गरेर म्याच खेलिनेछ। म्याचहरू बिहान ११ बजीदेखि शुरु हुनेछ। दुईवटा सेमिफाइनल म्याच ९ मईमा खेलिनेछ। यसरी फाइनल १० मईमा हुनेछ। सबै म्याचहरू चाँदमारी खेल मैदानमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement