चोटग्रस्त केएल राहुलको स्थानमा मौका पाए करुण नायरले

IMG-20230506-WA0165.jpg

६ मईः आईपीएल २०२३-मा लखनऊ सुपर जाइण्ट्सका कप्तान केएल राहुल चोटले गर्दा रहल म्याचहरूबाट बाहिर भएका छन्। लखनऊको फ्रेञ्चाइजीले उनको रिप्लेसमेण्टको रूपमा लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर रहने ब्याटर करुण नायरलाई टीममा सामेल गरेको छ। लखनऊले उनलाई बेस प्राइसको साथ टीममा सामेल गऱ्यो। लखनऊको कप्तान राहुलले आईपीएलको साथमा अष्ट्रेलिया विरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल पनि खेल्न सक्नेछैनन्। करुण नायरलाई गत वर्ष आईपीएलको लिलामीमा कुनै टीमले खरीद गरेको थिएन। यसपाली लखनऊको फ्रेञ्चाइजीले नायरलाई ५० लाख रुपियाँको आधार मूल्यमा टीममा सामेल गऱ्यो। करुण नायरले भारतको निम्ति ६ वटा टेस्ट म्याच खेलेका छन्। यसमा उनले एउटा ट्रिपल सेञ्चुरी सहित ३७४ रन बनाएका छन्। यसरी नै उनले दुईवटा वनडे इण्टरनेशनल म्याचमा ४६ रन बनाएका छन्। आईपीएलमा नायरले ७६ वटा म्याच खेलेर २३.७५-को औसतले १४९६ रन बनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement