क्यान्सर रोगले पीडित जगदीश सरकारलाई सहयोग

IMG_20220619_212213.jpg

सिलगढी: क्यान्सर रोगले पीडित जगदीश सरकारलाई डाबग्राम तृणमूल कङ्ग्रेसका दुईजना क्षेत्रीय अध्यक्ष भवेश राय र शङ्कर रायले सहयोगको हात बढाएका छन्। पीडित डाबग्राम फुलबारी विधानसभा अन्तर्गत मध्य शान्तिनगर इलाका निवासी हुन्। गत १५ दिनअघि जगदीश सरकार क्यान्सर रोगले पीड़ित रहेको थाहा पाएपछि हाल तिनको उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको छ। यसबारे थाहा पाएपछि डाबग्राम तृणमूल कङ्ग्रेसका दुईजना क्षेत्रीय अध्यक्ष भवेश राय र शङ्कर राय लगायत पार्टीका अन्य कार्यकर्ताहरू जगदीशको घरमा गएर आर्थिक सहयोग गर्नको साथै तिनको साथमा रहने आश्वासन पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement