कालचिनी: सरकारी अस्पतालहरुको ब्लड ब्याङ्कमा रगतको अभावलाई ध्यानमा राखेर आज हाँसीमारा क्षेत्रको मलङ्गीमा यहाँको एउटा हाँसीमारा सेन्ट्रल क्लबको आयोजनामा स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको जानकारी सो क्लबको कोषाध्याक्ष अमल मोइत्राले दिएका छन्। हाँसीमारा सेन्ट्रल क्लबको गठन पहिला मलङ्गी चियाबारीको स्टाफहरुले गठन गरेको र अहिले सबै स्थानीय समाजसेवीहरुलाई पनि लिएर उक्त क्लबले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको क्रममा आज रगतको अभावलाई ध्यानमा राखेर स्वेच्छा रक्तदान शिविर सम्पन्न गरिएको जसमा २८ यूनिट रक्त सङ्ग्रह गरेर अलिपुरद्वार ब्लड ब्याङ्क कर्तृपक्षलाई सुम्पिएको जनाएका छन्।