२ सय २५ बोतल अवैध विदेशी मदिरासहित ३ जना पक्राउ

1508547a-fc19-4057-b81a-b863d7c12f69

सिलगढी: एक सूचनाको आधारमा, नयाँ जलपाइगढी थानाको सादा पोशाकको पुलिसले टाटा सुमो कारबाट २२५ बोतल अवैध विदेशी मदिरासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मीनबहादुर थापा, सावधान सिंह थापा र श्याम मण्डल रहेका छन्। घटनामा संलग्न टाटा कार प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ। नयाँ जलपाइगढी थानाको पुलिसले सबै घटनाको अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका गिरोहमा अरु कोही संलग्न छन् वा छैनन् भन्ने पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement