सिलगढी: सात दिवसीय गौभागवत् सत्संग समारोह सिलगढीमा आयोजना गरिने भएको छ। आयजोक कमिटीका सदस्यहरूले आज सिलगढीको सेभोक रोडस्थित उत्तरबंग मारवारी भवनमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। आगामी २४ जूनदेखि ३० जूनसम्म साँझ ३ बजीदेखि ६ बजीसम्म उत्तरबंग मारवारी भवनको उत्सव वाटिकामा गौभागवत सत्संग समारोह आयोजित गरिने भएको छ। यस गौभागवत सत्संग समारोहमा राजस्थानबाट कथावाचक स्वामी राजेन्द्र दास देवाचार्यजी महराज आउने भएका छन्। उक्त समारोहमा सिलगढीवासीहरूलाई सामेल हुने कमिटीको तर्फबाट आवेदन गरियो। आजको पत्रकार सम्मेलनमा आयोजक कमिटीका अध्यक्ष नेमचन्द जैन, सचिव उत्तम गोयल, उपाध्यक्ष ओम प्रकाश जैन, मीडिया प्रभारी सुसिल रामपुरिया सहित संगठनका सदसयहरू उपस्थित थिए।