किराती खम्बु राई संस्कृतिक संस्थान बाघडुग्रा एमएम तराईद्वारा उभौली पूजा साकेला पर्व सम्पन्न

00-1-Kirat-Parwa

सिलगढी: शुक्रबार (५ मई) किराँती खम्बु राई संस्कृतिक संस्थान बाघडुग्रा एमएम तराईद्वारा उभौली पूजा (सकेला) माङ्गखिम प्राङ्गण एमएम तराईमा हर्षोल्लासका साथ पालन गरियोl किराँती खम्बु राईहरु गोर्खा जातिभित्रको उपजाति प्राकृतिक पूजक जनजाति हुनाले  प्रकृति पूजा, कुलपूजा, खोक्लिहाङ्गमा पूजा, सेउली पूजा, खोला पूजा साथै शिकारी पूजा सिलि नाच्दै सम्पन्न गरियोl यस अवसरमा किराँत राई जातिलगायत अन्य जातगोष्ठी लिम्बू ट्राइबल वेल्फेयर सोसाइटी, मगज समाज भारत बाघडोग्रा शाखा, पानी ट्यांकी राई सेवा समिति, यलम्बरहाङ्ग किराँती खम्बु राई संस्कृतिक संस्थान बाघडुग्रा, एमएम तराईका कलाकारहरुले रङ्गारङ्ग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेl सांस्कृतिक टोलीका साथै अन्य धेरै जातगोष्ठीका मानिसहरू उपस्थिति थिएl दार्जीलिङ, खरसाङ, सिलगढी, मिरिक, मङ्पू, कालेबुङ, सिक्किम, मेघालय शिलोङ, इन्दौर (मध्य प्रदेश)बाट राई जातगोष्ठीका प्रतिनिधीहरूको उपस्थिति रहेको थियोl राईहरू बाहेक अन्य जन समुदायको भेला साथै संस्कृतिक कार्यक्रम गर्नुको मुख्य उदेश्य सबैमा भाइचाराको सन्देश फैलाउनु रहेको अनमोल किराँतीले प्रेस विज्ञप्तिमा बताएका छन्l
किराँती खम्बु राईहरुको पुर्खाहरू आदिमकालदेखि मध्य हिमालयको पहाडि क्षेत्रमा बसोबास गर्ने प्राचीन जनजाति थिएl किराँत राजा यलम्बरले स्थापना गरेको किराँत राज्य आधुनिक नेपालको त्रिशुली नदी पूर्व, आधुनिक भारतको टिस्टा सुनकोशसम्म फैलिएको थियो भन्ने किराँती इतिहासमा पाइन्छl त्यसैले आधुनिक देश भारत- नेपालको सिमाना कोरिनु अगाडिदेखि किराँत राई जतिहरुको बसोबास उत्तरपूर्वी भारतको सिलगढी, दार्जीलिङ, सिक्किम, असम, मणिपुरदेखि भुटान, बर्मासम्म रहेको पाइन्छl तसर्थ किराँती राईहरु यस क्षेत्रका रैथाने जनजतिहरु मध्य एक हुन् भन्ने अनमोल किराँतीले बताएका छन्l

About Author

Advertisement