शेर्पा एसोसिएसन खरसाङद्वारा वृद्ध आश्रममा आवश्यक सामग्रीहरू प्रदान   

00-1Old-Age-Home

खरसाङ: भगवान बुद्धको जन्म जयन्तीको पावन अवसरमा शेर्पा एसोसिएसन खरसाङका पूजा संचालन समितिका सदस्यहरू खहरे स्थित वृद्ध आश्रममा सेवा कार्यको लागि पुगेका थिएl त्यहाँ आश्रित वृद्धवृद्धाहरू भेटघाट गरेl वृद्ध आश्रमका संचालक सहयोगी हातको संस्थापक सुमित्रा राईसँग आश्रम साथै वृद्धवृद्धाहरूका बारेमा शेर्पा एसोसिएसनका  सदस्यहरूले कुराकानी गरेl  शेर्पा एसोसिएसनको तर्फबाट खाद्य सामग्रीहरू साथै उनीहरूलाई चाहिने सामग्री ग्यास सिलिन्डर भेटस्वरुप प्रदान गरियो। शेर्पा एसोसिएसनका सभापति दावा शेर्पाको अगुवाइमा नर्बु शेर्पा, शिबु शेर्पा, गौतु शेर्पा र छिरिङ शेर्पा सामेल थिएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement