रहाणेले मौकाको फाइदा उठाउने सौरभ गांगुलीको दावी

IMG-20230506-WA0104.jpg

६ मईः अजिंक्य रहाणेको भारतीय क्रिकेट टीममा पुनरागमनको प्रशंसा गर्दै भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को पूर्व अध्यक्ष सौरभ गांगुलीले यस अनुभवी ब्याटरले आउँदो महिना अष्ट्रेलिया विरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा मौकाको फाइदा उठाउने दावी गरे। पहिला घरेलु क्रिकेट अनि पछिबाट इण्डियन प्रीमियर लीगमा असल प्रदर्शनको साथ ३४ वर्षीय रहाणेले १८ महिनापछि भारतीय टेस्ट टीममा स्थान पाएका छन्। डब्ल्यूटीसी फाइनल ७-देखि ११ जूनसम्म लण्डनको ओवलमा खेलिनेछ। एउटा प्रचार कार्यक्रमको अवधि गांगुलीले भने, मैले उनलाई (रहाणे) सदा मन पराएको छु। उनी भारतको निम्ति सदा असल खेलाड़ी रहेका छन्। आईपीएलको जारी सीजनमा चेन्नई सुपर किंग्सबाट खेल्दै रहाणेले ६ वटा ईनिंग्समा ४४.८०-को औसत र १८९ भन्दा अधिकको स्ट्राईक रेटले २२४ रन बनाएका छन्। गांगुलीले भने, मौका हरेक दिन आउँदैन। अब डब्ल्यूटीसी फाइनलको निम्ति अन्तिम एकादशमा स्थान प्राप्त भए रहाणेले त्यस अवसरको भरपूर फाइदा उठाउनेछन्। म उनलाई शुभकामना दिन्छु।
यसको साथमा गांगुलीले भारतका ओपनिंग ब्याटर केएल राहुलको चोटलाई दुर्भाग्यपूर्ण बताए, जो सर्जरीले गर्दा आईपीएल र डब्ल्यूटीसी फाइनलबाट बाहिर भएका छन्। उनले भने, यो दुर्भाग्यपूर्ण हो। यस चोटले गर्दा उनी लामो समयसम्म खेलदेखि बाहिर रहने मैले पढ़ेको छु। उनको चोटको स्थिति कस्तो छ भन्ने केवल फीजियोले बताउन सक्नेछन्। चोट खेलको हिस्सा हो। यसबाहेक यी खेलाड़ीहरू सालभरि क्रिकेट खेल्छन्। यस्तो स्थितिमा चोट लाग्नु स्वभाविक कुरा हो। उनको चोट चाँड़ै निको हुने आशा गरेको छु। दिल्ली क्यापिटल्स टीमका मेण्टरले बताएअनुसार, उनले आईपीएलको प्लेअफ्-मा स्थान बनाउने आशालाई छोड़ेका छैनन्। उनले भने, हामीले गत ५-मा ३ वटा म्याच जितेका छौं। हामीले अझ ५ वटा म्याच खेल्नु छ। यसमा सबै म्याच जित्न सके हामीसँग मौका हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *