राशिद खान र नूर अहमदको प्रशंसा गरे हार्दिकले

IMG-20230506-WA0086.jpg

६ मईः गुजरात टाइटन्सले फेरि एकपल्ट असाधारण प्रदर्शन गर्दै शक्तिशाली राजस्थान रोयल्सलाई उनीहरूकै होम ग्राउण्डमा ९ विकेटले पराजित गऱ्यो। म्याचमा गुजरातका बलरहरू असाधारण फर्ममा देखिए। यसैकारण राजस्थानको टीम केवल ११८ रन बनाएर अलआउट भयो। यस अवधि गत सीजनको च्याम्पियन टीमको फील्डिंग पनि स्तरीय रह्यो अनि केही असाधारण रन आउट पनि देख्न पाइयो। म्याचपछि गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले आफ्नो स्पिन बलरहरूका भरपूर प्रशंसा गरे। यसको साथमा उनी कसरी आईपीएलमा सफल भइरहेका छन् भन्ने पनि बताए।
हार्दिकले भने, आज राशिद खान र नूर अहमदले असाधारण प्रदर्शन गरे। यी दुईबीच असल बातचीत हुने हुनाले मैले राशिदको साथमा नूरलाई मौका दिएँ। यी दुईजना मैदानमा हुँदा मैले अधिक केही भन्नु पर्दैन। म केवल उनीहरूले के गर्न सक्छन् भन्ने सुझाउ मात्र दिन्छु। राशिदलाई आफ्नो जिम्मेवारी राम्ररी थाहा छ। रिद्धि (रिद्धिमान साहा)-ले असम काम गरे। गत केही म्याचहरूमा मैले निर्णय लिनमा केही गल्ती गरे अनि यसलाई स्वीकार्न पनि म पछि हट्दिन। यही मेरो सफलताको राज हो। यस म्याचमा जीतको साथै गुजरात टाइटन्स १० वटा म्याचमा १४ पोइण्टको साथ आईपीएल टेबलको शीर्ष स्थानमा कायम रह्यो। हार्दिकको कप्तानीमा रहने टीमले यस सीजनमा केवल ३ वटा म्याच हारेको छ अनि अहिले टीम प्लेअफ्-को संघारमा रहेको छ। यसरी नै गत सीजनको उपविजेता राजस्थान रोयल्स चाहिँ १० वटा म्याचमा १० पोइण्ट लिएर चौथो स्थानमा रहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *