एथलेटिक्सः दोहा डायमण्ड लीगमा खिताब जिते नीरज चोपड़ाले

IMG-20230506-WA0079.jpg

६ मईः ज्याभलिन थ्रो खेलमा ओलम्पिक च्याम्पियन नीरज चोपड़ाले दोहामा आयोजित डायमण्ड लीगको शुरुवात जीतको साथ गरे। भारतका स्टार एथलीट आफ्नो खिताब कायम राख्न मैदानमा ओर्लिएका थिए। नीरज (२५)-ले साल २०२२-को सेप्टेम्बरमा स्विट्जरल्याण्डमा आयोजित डायमण्ड लीगको ट्रफी जितेका थिए अनि यस साल उनले असाधारण प्रदर्शन गर्दै दोहामा ८८.६७ मीटरको दूरीमा भाला फ्याँकेर खिताब कायम राखे। स्पर्धामा नीरजले आफ्नो पहिलो प्रयासमै ८८.६७ मीटरको दूरीमा भाला फ्याँके, जुन उनको करियरको चौथो सर्वश्रेष्ठ प्रदर्शन हो अनि अन्तिम समयसम्म सूचीको शीर्ष स्थानमा रहे। यसको साथै नीरजले गत वर्ष वर्ल्ड च्याम्पियनशीपमा एण्डरसन पीटर्स विरुद्ध पराजयको हिसाब पनि चुक्ता गरे। पीटर्स दोहा डायमण्ड लीगमा तेस्रो स्थानमा रहे जबकि खिताब भारतीय एथलीट नीरजको नाममा रह्यो।

आफ्नो पहिलो थ्रो-मै नीरजले ८८.६७ मीटरको दूरी तय गर्दा उनले यसपाली ९० मीटरको मार्कलाई पछि छोड़्ने लागेको थियो। यस अवधि पीटर्सले ८५.८८ मीटरको सर्वश्रेष्ठ थ्रो गरे। नीरजले आफ्नो पाँचवटा प्रयासमा क्रमशः ८८.६७ मीटर, ८६.०४ मीटर, ८५.४७ मीटर (फाउल), ८४.३७ मीटर र ८६.५२ मीटरको थ्रो गरी शीर्ष स्थान पक्का गरे। नीरजभन्दा अघि सीजनका प्रमुख चेक गणराज्यका जाकुब वाल्डेजले ८८.६३ मीटर र ८८.४७ मीटरको थ्रो गरी सबैलाई चकित बनाएका थिए तर अन्तमा उनी दोस्रो स्थानमा रहे। जाकुबले टोक्यो ओलम्पिकमा रजत पदक जितेका थिए। उनले गत वर्ष डायमण्ड लीगमा ९०.८८ मीटरको दूरीमा भाला फ्याँकेर रजत पदक जितेका थिए। नीरजले पहिलोपल्ट डायमण्ड लीग प्रतियोगितामा २०१८-मा हिस्सा लिएका थिए अनि त्यस समय उनी चौथो स्थानमा रहेका थिए।

नीरजले टोक्यो ओलम्पिकको ज्याभलिन थ्रो स्पर्धामा भारतलाई स्वर्ण पदक दिलाएका थिए। उनले ७ अगस्त २०२१-मा यस उपलब्धिलाई हासिल गरेका थिए। यसरी उनी ओलम्पिकको ट्र्याक एण्ड फील्डमा स्वर्ण पदक जित्ने पहिलो अनि व्यक्तिगत स्पर्धामा स्वर्ण पदक हासिल गर्ने दोस्रो भारतीय बनेका थिए। टोक्यो ओलम्पिकमा नीरजले ८७.५८ मीटरको थ्रो गरेका थिए। उल्लेखनीय छ, नीरजको नाममा ८९.९४ मीटर थ्रो-को रेकर्ड रहेको छ, जुन उनले स्टकहोम डायमण्ड लीगमा बनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement