गान्तोक। गेजिङ नगर पञ्चायतको पहलमा आयोजित एक कार्यक्रमबीच सिक्किम गरीब आवास योजनाका २० जना लाभार्थीहरूलाई टोकन वितरण गरियो। गेजिङको सामुदायिक भवनमा आयोजित एक कार्यक्रममा क्षेत्र विधायक लोकनाथ नेपाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। मन्त्री नेपालले २० जना लाभार्थीहरूलाई सिक्किम गरीब आवास योजनाको निम्ति टोकन प्रदान गरे। उनीहरूलाई शहरी आवास योजना अन्तर्गत टोकन प्रदान गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले गुणस्तरीय कार्यमाथि कहिल्यै पनि सम्झौता नगर्ने आग्रह गरे। वर्तमान सरकारले राज्यका गरीबवर्गको हितमा विभिन्न प्रकारको योजना शुरू गरेको बताए।ग्रामीण क्षेत्रमा मात्र नभएर शहरी क्षेत्रमा गरीबहरू बसोबासो गर्दै आइरहेको कुरालाई ध्यानमा राख्दै सरकारले यस प्रकारको योजना शुरू गरेको उनले थप जानकारी गराए। विशेष गरेर ठेकादारहरूले सबै योजनाहरू समयसीमामा पुरा गर्नु पर्ने उनले निर्देश दिएका छन्।