गान्तोक: हेभेन्ली निर्वाना पाथको पहलमा गत २३ अप्रेलदेखि जोरथाङ खेल मैदानमा आयोजना गरिएको १५ दिवसीय निःशुल्क आमसा हिलिङ शिविरको आज १३औं दिन मन्त्री बीएस पन्त मुख्य अतिथिको रुपमा सहभागी बने।मन्त्री पन्तले शिविरको भ्रमण गर्दै त्यहाँ भइरहेको उपचारबारे जानकारी लिए अनि उपचारमा आएका रोगीहरूसँग अन्तरक्रिया पनि गरे।त्यसपछि उनले मास्टर गडएञ्जल गुरुहजुरसँग पनि भेट गरेर आशीर्वाद ग्रहण गरे। पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री पन्तले यो शिविरको आयोजनको निम्ति मास्टर गडएञ्जल गुरुहजुर अनि हेभेन्ली निर्वाना पाथप्रति आभार व्यक्त गरे। यसका साथै यो शिविर आयोजन गर्नको निम्ति सम्पूर्ण सहयोग प्रदान गर्ने यो शिविरका प्रमुख संरक्षक एवं राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पनि सम्पूर्ण जनताको तर्फबाट धन्यवाद चढ़ाए।
यो शिविरमा सेवा पुयाइरहेका राज्य लगायत राज्यबाहिरका स्वयंकेचकहरूलाई पनि उनले आफ्नो अनि सिक्किमे जनताको तर्फबाट धन्यवाद दिए। उनीहरूको निःस्वार्थ सेवा भावको कारण सिक्किमका धेरै रोगीहरूले स्वास्थ्य लाभ गरिरहेको उनले जानकारी गराए। पूर्व सरकारले यदि गुरु हजुरलाई प्रतिबन्ध नलगाएको भए त्यो समय देखिने रोगीहरूले उपचार पाउने पनि उनले बताए ।यो १५ दिवसीय निशुल्क हिलीङ शिविर आगामी ७ मईको दिन समापन हुनेछ।