आईपीएल २०२३: गुजरात टाइटन्स ९ विकेटले विजयी

IMG-20230505-WA0405.jpg

५ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ४८औं म्याचमा गत सीजनको च्याम्पियन गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले सजिलै पराजित गऱ्यो। जयपुरको सवाई मानसिंह स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सको टीम १७.५ ओभरमा ११८ रन बनाएर अलआउट भयो। गत सीजनको उपविजेता टीमबाट कप्तान सञ्जु सेमसनले ३ वटा चौका र एउटा छक्काको साथ २० बलमा सर्वाधिक ३० रन बनाए। यसबाहेक अरू कसैले पनि उल्लेखनीय योगदान दिन सकेनन्। ट्रेण्ट बोल्टले १५, यशस्वी जयसवालले १४ र देवदत्त पडीक्कलले १२ रन बनाए। टाइटन्सका बलरहरूमा अफगानिस्तानका दुई स्पिनरको जयजयकार रह्यो। राशिद खानले ३ र नूर अहमदले २ विकेट लिए। जवाफमा टाइटन्सले ३७ बल बाँकी रहँदै केवल एक विकेट गुमाएर ११९ रनको लक्ष्यलाई हासिल गऱ्यो। कप्तान हार्दिक पाण्ड्याले ३ वटा छक्का र ३ वटा चौकाको साथ १५ बलमा अविजित ३९ रन बनाए। यसरी ओपनर रिद्धिमान साहाले ५ वटा चौकाको साथ ३४ बलमा अविजित ४१ रन बनाए। गुजरात टाइटन्सले एकमात्र विकेटको रूपमा शुभमन गिललाई गुमायो। गिलले ६ वटा चौकाको साथ ३५ बलमा ३६ रन बनाए। गिलको विकेट स्पिनर युजवेन्द्र चहलले हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement