के-लीगः गोरुबथान फूटबल क्लबको रोमाञ्चक जीत

IMG-20230505-WA0377.jpg

५ मईः फूटबल एसोसिएशन अव् कालेबुङ डिस्ट्रिक्टको तत्त्वावधानमा आयोजित के-लीग सुपर डीविजन फूटबल प्रतियोगिताअन्तर्गत दोस्रो दिनको म्याचमा गोरुबथान फूटबल क्लबले रोमाञ्चक जीत दर्ता गऱ्यो । स्थानीय मेला ग्राउण्डमा शुक्रवार भएको म्याचमा गोरुबथान एफसी-ले नादोङ भूटिया एफए-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दुवै गोल प्रभास छेत्रीले गरे। यसरी नादोङ भूटिया एफए-बाट पेमा तामाङले १ गोल गरे। प्रभास छेत्रीलाई प्लेयर अव् द म्याच चयन गरियो। आयोजकहरूले जानकारी दिएअनुसार, के-लीग-को यस सीजनमा जम्मा १० वटा टीमले हिस्सा लिएको छ। यसमा कालेबुङ जिल्ला पुलिस, सेसोनिअन एफए, नादोङ भूटिया एफए, गोरुबथान एफसी, सुबोथ एफए (मंगपंग), शेयर एफसी, जर्जियन एफसी, युनाइटेड ब्रदर्स, बोंग एफसी र हिमालश्री एथलेटिक क्लब सामेल छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। सबै म्याचहरू मेला ग्राउण्डमा खेलिनेछ। शनिवार खेलिने म्याचमा सुबोथ एफए (मंगपंग) र शेयर एफसी-बीच भिड़न्त हुनेछ। म्याच दिउँसो २.३० बजीदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement