गान्तोक: मणिपुरको वर्तमान अवस्थालाई ध्यानमा राख्दै राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले मनिपुरका मुख्यमन्त्री एन बिरेन सिंहसँग निरन्तर कुराकानी गरिरहेको बताएका छन्। मुख्यमन्त्री तामाङले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त कुरा उल्लेख गरेका छन्। विशेष गरेर मनिपुरको अवस्था केही सामान्य भएता पनि सिक्किमेली विद्यार्थी र नागरिकलाई हरसम्भव सहयोग गर्ने मनिपुरका मुख्यमन्त्रीले आश्वासन दिएको बताएका छन्। उनले मनिपुरमा रहेका सिक्किमेली नागरिकहरूलाई शान्त रहनको साथै आफ्नो परिचय पत्र साथमा राख्नु पर्ने आग्रह गरेका छन्। मुख्यमन्त्री तामाङले राज्यका मानिसहरूको सुरक्षा र कल्याणलाई प्राथमिकता दिँदै सबैलाई घरभित्र नै बस्ने सुझाउ दिएका छन्। त्यहाँको घटनाक्रमबारे मुख्यमन्त्रीले निरन्तर सम्पर्क गरिरहेको उनीहरूको सुरक्षा सुनिश्चित गर्ने हर सम्भव प्रयास गरिरहेको र अभिभावकवर्गलाई नआतिने र शान्त बस्ने आग्रह गरेका छन्।
मणिपुरका विधायक रामेश्वर सिंह र मुख्यमन्त्री कार्यालयका पीआरओ आरएम प्रधानले त्यहाँको बस्तु स्थितिको अनुगमन गरिरहेको जानकारी गराएका छन्।