सिलगढ़ी: गैरसरकारी संगठन वनवासी कल्याण आश्रमको पहलमा सिलगढ़ीको शालबाड़ीमा आगामी ०७ मईमा सामूहिक विवाह समारोह आयोजित गरिने भएको छ। यस समारोहमा १०८ जोड़ाहरुको सामुहिक विवाह गरिने भएको छ। उनले भने, वनवासी कल्याण आश्रमले वनवासीहरूका साथै मानिसहरूको सर्वाङ्गीन विकासको निम्ति धेरै वर्षहरूदेखि काम गर्दै आईरहेछ। संस्थाको तर्फबाट सामूहिक विवाहको यो १३औं आयोजन हुनेछ। विवाह समारोहको सम्पूर्ण खर्च वनवासी कल्याण आश्रमले बेहोर्दछ। यहाँसम्म कि वैवाहिक बन्धनमा बाँधिने जोड़ाहरूको निम्ति संस्थाको तर्फबाट वैवाहिक सामग्रीहरू पनि उपलब्ध गराइन्छ।