गान्तोक। राजधानी सदर पुलिसले केही दिनदेखि यता नशालु पदार्थको धन्दामा लिप्त व्यक्तिहरूमाथि कडा नजर राख्दै आइरहेको छ। सिक्किम राज्यलाई नशालु पदार्थमुक्त बनाउने उद्देश्यले पुलिसले कारवाही शुरू गरेको छ। यसै क्रममा पुलिसले भारी मात्रमा प्रतिवन्धित नशालु पदार्थ सहित एक युवकलाई पक्राउ गरेको छ।पक्रा पर्ने आरोपी आरिथाङस्थित विशाल गाउँ निवासी छितेन दोर्जी भोटिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीबाट पुलिसले एनटेन ट्याबलेट र स्पास्मो प्रोक्सिवन क्याप्सुल फेला पारेको बताइएको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट (साडा) २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।