मनसुन तयारीलाई लिएर गेजिङमा समन्वय सभा सम्पन्न

IMG-20230505-WA0400.jpg

गान्तोक: गेजिङ जिल्लाको जिल्ला पञ्चायत भवनमा आज मनसुन तयारीलाई लिएर जिल्लास्तरीय एक समन्वय सभा सम्पन्न भयो। जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षतामा सम्पन्न भएको सभामा अतिरिक्त जिल्लापाल खेमराज भट्टराई लगायत विभिन्न विभागका प्रमुखहरूले सहभागिता जनाएका थिए। यस सभा आयोजना गरिनुको मुख्य उद्देश्य जिल्लास्तरका सबै लाइन विभागका अधिकारीहरूलाई लिएर आपदा सम्वन्धि पूर्वतयारी र मनसुनबारेमा छलफल साथै समीक्षा गर्नु रहेको थियो। सभामा सम्वन्धित निकायका अधिकारीहरूले मनसुन तयारीबारे आफ्नो योजना सभामा प्रस्तुत गरेपछि खुल्लारूपमा उक्त योजनामाथि छलफल गरियो। यसै क्रममा जिल्लापालले खाद्य, स्वास्थ्य, पीएचई विभागलाई वर्तमान परिपेक्ष्यमा यसको भण्डारणबारे जानकारी लिइन्। उनले सबै जिल्लाले आपदा प्रतिक्रिया प्रणालीलाई सुनिश्चित गर्नको निम्ति मानक सञ्चालन प्रक्रिया भूकम्प जस्तो आपदामाथि तयारी गर्नु पर्ने सुझाउ दिए। उनले राज्यस्तरीय मकड्रील आगामी १२ मईको दिन हुने बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement